वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । प्रहरी चौकी सुब्बाकुना सुर्खेतले बुधवार दिउँसो एक बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनसनुसार पिपिरा चोकमा रहेको एक फेन्सी पसलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ का पसल सञ्चालक ४६ वर्षीय लिलाराम पुरी, २४ वर्षीय महेश सुनार र २२ वर्षीय गौरब सुनार रहेका छन् ।

प्रहरी चौकी सुब्बाकुना र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त टोलिले फेन्सी पसलमा चेक जाँच गरेको थियो ।

प्रहरीले पसलबाट लागूऔषध ९ब्राउनसुगर० जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३०० मिलिग्राम, शुद्ध २०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

तीनैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *