नेप्से २२ अंकले घट्यो, कारोबार रकममा समेत भारी गिरावट

काठमाडौँ । सेयर बजार (नेप्से)मा बुधबार भारी गिरावट देखिएको छ । यस दिन बजार परिसूचक, कारोबार भएको सेयर कित्ता र कारोबार रकम सबैमा भारी गिरावट आएको हो ।

यस दिन नेप्से २२.११ अंकले घटेर २८१३.४७ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ परिसूचक समेत ३.५१ अंकले घटेर ५२८.९९ बिन्दुमा ओर्लिएको छ ।

कारोबार भएको कुल सेयरको परिमाण समेत यस दिन भारी गिरावट आएको छ । यस दिन जम्मा ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर कारोबार भएको छ । सामान्य दिनमा समेत १ करोड कित्ताभन्दा बढी सेयरको कारोबार हुने गरेको बजारमा यो निकै कम हो ।

त्यस्तै, यस दिन जम्मा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन २२३ कम्पनी मध्ये जम्मा २० कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर छ ।

यस दिन सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनीको सेयर मूलय ३.०८ प्रतिशतले बढेको छ । आरम्भ चौतारी लघुवित्त, जनउत्थान लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, मैलुङ खोला जस्ता कम्पनीको सेयर मूल्यमा झिनो वृद्धि देखिएको छ ।

बुद्धभूमि नेपाल, नेपाल हाइड्रो डेभलपर्स जस्ता कम्पनीको सेयर मूल्य घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *