नेप्सेमा १६ अंकको गिरावट, काराेबार भने सवा ६ अर्बको

काठमाडौँ । सेयर बजार (नेप्से)मा मंगलबार गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५३२.४९ बिन्दुमा ओर्लिएको छ ।

सोमबारको बजारमा १५ अंकभन्दा केही बढीले बढेको बजारमा मंगलबार त्यति नै अंकको गिरावट आएको हो ।  स्थानीय तहको मिति घोषणाका कारण सोमबार सेयर बजारमा सामान्य सुधार आएको अनुमान गरिएको थियो । तर, मंगलबार फेरि सेयर बजार ओरालो लागेपछि लगानीकर्ता केही निराश देखिएका छन् ।

काराेबार रकम र काराेबार कित्ता भने साेमबारकाे तुलनामा मंगलबार बढेकाे छ । साेमबार १ कराेड कित्ता सेयर पनि काराेबार भएकाे थिएन । काराेबार रकम समेत ५ अर्ब २ कराेड पुगेकाे थियाे । मंगलबार भने कुल २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर ६ अर्ब १८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये यस दिन ४० ओटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १४० कम्पनीको सेयर मूल्य घटेको छ । भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यस दिन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूलय सबैभन्दा बढी ३.८३ प्रतिशतले बढेको छ । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ३.४४ अंकले बढेको छ । बाँकी कम्पनीका सेयर मूल्य ३ प्रतिशतभन्दा कमैले बढेको छ ।

त्यस्तै, लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ । नेपाल हाइड्रो डेभलपर्स, बोटलर्स नेपाल तराई लिमिटेड, युनिभर्सल पावर कम्पनीलगायत कम्पनीको सेयर मूल्य समेत सबैभन्दा बढी प्रतिशतले घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *