संक्रमित घट्दै, मृतक बढ्दै

काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय संक्रमणको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या बढ्दै गउको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको हो । मन्त्रालयका अनुसार आज (सोमवार) कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आइतबार ११ जनाको मृत्यु भएको थियो भने एक हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार ९ जनाको मृत्यु भएकोमा एक हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै शुक्रबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको र २ हजार ५ सय २६ जना संक्रमित भएको स्वास्थय मन्त्रालयले जनाएको छ । बिहीबार १४ जनाको मृत्यु भएकोमा ३ हजार १७५ जना कोरोना संक्रमित भएका थिए ।

त्यस्तै बुधबार १२ जनाको मृत्यु भएको र ३ हजार ६३७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । मन्त्रालयका अनुसार मंगलबार ९ जनाको मृत्यु भएको र ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै अघिल्लो सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक हप्ताको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने निको हुनेको संख्या घट्दै गएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *