यूनियन लाइफले ल्यायो ‘जीवन आवरण बीमा’ योजना

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार उक्त योजनामा बीमा गर्नेका लागि विविध सुविधा छन् । बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहे बीमाङ्क रकम र बोनस उपलब्ध हुने, बीमा अवधिभित्र कालगतीले मृत्यु भए थप बीमाङ्क रकम अर्थात् दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ ।

उक्त योजना लिन चाहनेले न्यूनतम एक लाख रुपैयाँदेखि आयस्राेतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था छ । साथै न्यूनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितले बीमालेख अन्तर्गत ऋण तथा सम्पूर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको कम्पनीको घोषणा छ ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *