ट्रक चालकहरूकाे आन्दोलन अनियन्त्रित भएपछि क्यानाडाको राजधानीमा संकटकाल

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरूको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरूले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् । ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् ।

आन्दोलनकारी ट्रक चालकहरूले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दावी गरे । चालकहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालीन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।

यस्तै, उनले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानुनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *