सेयर बजार १५ अंकले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) सोमबार सामान्य बढेको छ । यस दिन बजार १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढेर ५३५.३२ अंकमा पुगेको छ । यस दिन २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १ सय ८१ रुपैयाँमा कारोबार भयो ।

कारोबारमा आएका १ सय ५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन सबैभन्दा बढी निफ्रको सेयर मूल्य ८.४२ प्रतिशतले बढेको छ । त्यस्तै, छ्याङ्दी हाइड्रो पावर, सानिमा लाइफ इन्स्योरेन्सलगायत कम्पनीका सेयर मूल्य बढेको छ ।

त्यस्तै, बुद्ध भूमि नेपाल हाइड्रो, सपोर्ट माइक्रो फाइनान्स जस्ता कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेका छन् ।

यस दिन बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त बाहेक अरु सबै समूहको उपसूचकहरु बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *