ज्यालादारीमा भर्ना गरिएका कर्मचारीको नियुक्ति बदर

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ज्यालादारीमा भर्ना गरिएका कर्मचारीको नियुक्ति बदर गरिएको छ । गाउँपालिकाबाट सरुवा भइसकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले नियम विपरीत ज्यालादारीमा कर्मचारी भर्ना गरिएको भन्दै नियुक्त बदर गरिएको हो ।

बेलडाँडी गाउँपालिकाले गत पुस ३० गते नै सुनिता रानालाई अहेव, निरज कठायतलाई चौकीदार र दीपेन्द्रबहादुर विष्टलाई सुपरिवेक्षक पदमा ६ महिनासम्मका लागि नियुक्ति दिने निर्णय गरेको थियो । जुन निर्णयमा सुरुवा भइसकेका तत्कालीन प्रशासकीय अधिकृत भट्टको हस्ताक्षर छ ।

जबकि त्यसअघि पुस २६ गते नै नयाँ प्रशासकीय अधिकृत पदमराज जोशी कार्यालयमा हाजिर भइसकेका थिए । उनी कार्यालयमा हाजिर भइसकेपनि उनलाई काम गर्न दिइएको थिएन ।

माघदेखि काम गर्न सुरु गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशीले कर्मचारी भर्ना प्रक्रिया नियमसँग नभएको पाइएको भन्दै उनीहरूको नियुक्ति बदर गरेका हुन् ।  नियम विपरीत कर्मचारी भर्ना गरिएको भन्दै स्थानीयवासी र राजनीतिक दलले पनि विरोध गर्दै आएको र प्रक्रिया पनि गलत देखिएकाले कर्मचारी नियुक्ति बदर गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *