रोहितको कप्तानीमा भारतले निकाल्यो वर्षको पहिलो जित

काठमाडौँ ।  भारतले घरेलु मैदानमा जारी वेस्टइन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पहिलो खेलमा जित निकालेको छ । भारतले आफ्नो एक हजारौं खेलमा जित निकाल्ने क्रममा वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १ सय ७६ रन बनाएको थियो । जवाफमा उक्त लक्ष्य भारतले २८ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।उसका लागि ज्यासन होल्डरले ५७ रन बनाउनु सर्वाधिक रनका रुपमा रहेको थियो । भारतका लागि युजभेन्द्र चाहलले ४ विकेट लिंदा वासिंङ्गटन सुन्दरले ३ तथा रसिद खानले २ विकेट लिए । मोहम्मद सामीको नाममा एक विकेट रह्यो ।

पहिलो पटक एकदिवसिय टीमको कप्तानी समालेका रोहित शर्माले भारतको जितमा कप्तानी इनिङ खेले । उनले ६० रनको योगदान दिंदा सुर्यकुमार यादवले ३४ तथा दिपक हुडाले २६ रनको अविजित इनिङ खले । त्यस्तै इशान किसन २८ रनमा आउट भएका थिए। त्यस्तै ऋषभ पन्तले ११ रन बनाएका थिए । अलजरी जोसेफले २ विकेट लिए भने १ विकेट अकेल हुसेनको नाममा रह्यो।

भारतले आफ्नो एकदिवसिय क्रिकेटको एक हजारौं खेल खेल्यो ।उसले पहिलो पटक १९७४ मा इंग्ल्यान्ड विरुद्व पहिलो एकदिवसीय खेलेको थियो। त्यसयताको ४८ वर्षमा भारतले एकहजारौं खेलको कोसेढुङ्गा पुरा गरेको हो। भारतले १ हजार खेलमा ५१९ खेलमा जित निकालेको छ भने ४३१ खेलमा हार भोगेको छ । जसमा ९ खेल बराबरीमा सकिएको छ । भारत पछि अस्ट्रेलियाले ९५८ खेल खेलेको छ। त्यस्तै पाकिस्तानले ९३६ एकदिवसीय खेल खेलेको छ।

विराटलाई बर्खास्त गरेपछि रोहितको कप्तानीमा भारतले पहिलो पटक खेल खेलेको हो । रोहित भारतका २६ औ एकदिवसिय कप्तानका रुपमा रहे । विराट रोहितको कप्तानीसहित कुल छ खेलाडिको कप्तानीमा मैदानमा उत्रिए । यसअघि विराटले महेन्द्र सिंह धोनी, विरेन्द्र सहवाग, सुरेश रैना, गौतम गांभिर र केएल राहुलको कप्तानीमा खेलिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *