थप १,३८६ जना काेराेना संक्रमित, ११ काे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, साेही समयमा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ भने ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *