यू-१९ विश्वकप : उपाधिका लागि भारत र इंग्ल्यान्ड खेल्दै

काठमाडौँ । यू-१९ विश्वकपको फाइनलमा आज भारत र इंग्ल्यान्ड खेल्दैछन् । फाइनल खेल वेस्ट इन्डिजको सर भिभियन रिचर्डसन स्टेडियममा नेपाली समय अनुसार बेलुकी ६:४५ मा शुरू हुनेछ । जारी प्रतियोगितामा दुवै टीम अपराजित रहेकाले फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

हेड टु हेडमा भारत अगाडि

यू-१९ मा चार पटकको च्याम्पियन भारत पाँचौँ उपाधिको प्रतीक्षामा छ । इंग्ल्यान्ड भने उमेर समूहमा इतिहास बिर्सेर वर्तमान बनाउने लक्ष्यमा हुनेछ। इंग्ल्यान्ड अहिले निकै उत्कृष्ट फर्ममा रहेको छ । इंग्ल्यान्ड सन् १९९८ को च्याम्पियन हो।

अहिलेसम्म इंग्ल्यान्ड र भारतको यू-१९ टीमबीच ४९ भेट भएकोमा भारतले ३७ खेल जितेको छ । इंग्ल्यान्डले ११ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ । यू-१९ विश्वकपमा यी २ टीम ८ पटक प्रतिस्पर्धा गरेकोमा भारतले ६ र इंग्लिस टीमले २ खेलमा जित हासिल गरेको छ ।

सर्वाधिक फाइनलमा पुग्ने टीम भारत

यू-१९ विश्वकपमा भारत सर्वाधिक धेरै फाइनलमा पुग्ने टीम हो। भारतले २०००, २००६, २००८, २०१२, २०१८, २०२० र २०२२ गरी ८ पटक फाइनलमा स्थान बनाएको छ ।

जसमा भारतले २०००, २००८, २०१२ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *