‘व्यवसायी हत्याकाण्डमा संलग्न’ थप दुई जना पक्राउ

विराटनग । साझेदार व्यवसायी हत्यामा संलग्न  रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  मोरङको धनपालथान गाउँपालिका  ७ स्थित उखुबारीमा गत माघ १२ गते  दुई जना व्यवसायीको शव फेला परेपछि अनुसन्धानका क्रममा मोरङ रङ्गेली नगरपालिका –३ आमतोलाका ३३ वर्षीय  मोहमद सुभाम र  सुनसरीको देवान्गन्ज गाउँपालिका –६ जिरोगौवाका  १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उखुबारीमा गाडिएको अवस्थामा भेटिए दुई शव

उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरिएको उनले जानकारी दिए ।  उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नं.–४ का वर्ष ३२ को शम्भु कुमार चौधरी र  सुनसरी धरान उप–महानगरपालिका वडा नं.–३  का वर्ष ४८ को राजेन्द्रकुमार श्रेष्ठकाे हत्या गरी शव गाडेको आरोपमा यसअघि तीन जना पक्राउ परेका छन् ।

गाडिएको अवस्थामा भेटिएको अर्को शवको पनि पहिचान खुल्यो

मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दिनानाथ सोनार, घटनाका योजनाकार भनिने सिरहाको सिरहा नगरपालिका २१ का वर्ष ३१ को अनिल कुमार मण्डल र  धनपालथान ७ कमलपुर पश्चिम टोल बस्ने वर्ष ६२ को नासिर आलमलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो । उनीहरूले लेनदेनमा कुरा नमिल्दा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताउँदै आएको छ ।

सम्बन्धित समाचार

ललितपुरमा हत्या गरिएको शव बरामद, मोरङ घटनासँग सम्बन्धित

मोरङमा दुईजनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

मोरङ-ललितपुर हत्याकाण्डः कमिसनको लोभले पालैपालो हत्या

कमिसन हत्याउन तीन सहकर्मीको एकै प्रकृतिले हत्या

तीन हत्या अभियोगमा पक्राउ परेका तीन जना सार्वजनिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *