राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी सम्मानित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । सरकारले उनलाई नगदसहित सम्मान गरेको हो ।

प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान गरेका हुन् ।  नगदसहित सम्मान गरेका हुन् ।

सम्मानित भएपछि प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसँगै भेट्न पाउँदा सम्मान पाएको छु ।’

अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसँग पराजित भयो ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *