नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले लगाए काेराेना खाेप

काठमाडौँ । नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । यो नेपाल र सहयोगी निकायहरूको ठूलो सफलता भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । संगठनले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गरेकोमा नेपाललाई बधाइ पनि दिएको छ।

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाइ । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ संगठनले ट्विटरमा भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *