हल्ट प्राइज एट आईओईकाे सेमिफाइन फेब्रुअरी ५ मा हुने

काठमाडाैँ । हल्ट प्राइज एट आईओईकाे सेमिफाइनल फेब्रुअरी ५ मा हुने भएकाे छ ।
चार उद्यमशिलता टक सिरिज र दुई वर्कशपलाई महिना दिनको समयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गेष्ट स्पिकरहरू सहित देशका एघार सम्बद्ध कलेजहरस्को सहायतामा पूरा हुन लागेकाे हल्ट प्राइज एट आईओई महिनाकै टपअन क्याम्पस कार्यक्रमका रूपमा विश्वमै फिचर्ड भएको छ ।
बज्र टेक्नोलोजिज, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालकाे आयोजना भएको हल्ट प्राइज एट आईओईमा कुल १०६ उद्यमी टिमहरूले रेजिष्टर गरेका थिए जसमध्ये ५० टिमहरूले सेमिफाइनलमा प्रवेश पाएका छन् ।
३ देखि ४ युनिभर्सिटी लेबलका विद्यार्थीहरूले बनेको हरेक टिमलाई उनीहरूद्वारा पेश गरिएको बिज्नेश प्रपोजलका आधारमा चयन गरिएको हो । वान टु वान मेन्टोरसिप सिरिज पछि भव्य सेमिफाइनल आयोजना गर्ने तय गरिएको छ ।
सेमिफाइनलमा विश्वकै चर्चित उद्यमी र आइकोनिक व्यक्तिहरू श्री पियुष बर्मा, प्रणाली उद्यमी र अनुसन्धान सम्बद्ध मोहम्मद जिया उद्दिन, आरबी बंगलादेश र श्रीलंका क्लस्टरमा आपूर्ति प्रमुख तुषार जाधव, मनस्तु स्पेसका सहसंस्थापक क्रिस्टिन गोल्ड, थठ फर फुडकी संस्थापक र सीईओ (कृषि-खाद्य-टेक इनोभेसनमा विश्वकी अग्रगामी नेता आयुष बत्ती, सोलुसन डेलिबरीका निर्देशक अशोक कोइराला, बज्र टेक्नोलोजीका फुल स्ट्याक विकासकर्ता निशेष तिवारी, हार्डवेयर सोलूसनस्का वरिष्ठ निर्देशक र भारतका मुख्य रणनीति योजनाकार, ईन्जीनियर आदित्य राज निर्णायकमा रहेका छन् भने ५० टिमहरूले यिनै निर्णायकहरूसामु आफ्ना व्यापार विचारहरू पेश गर्नेछन् । जसमध्ये १८ टिमहरूलाई फाइनलका लागि चयन गरिने छ ।
यसबाहेक, कार्यक्रमले केही विशेष उद्यमीहरूलाई गेष्ट स्पिकरहरूका रूपमा पनि होष्ट गर्ने छ । यस सालको हल्ट प्राइज एट आईओईको सेमिफाइनल विगतका वर्षभन्दा अझ भव्य र सभ्य हुने अनुमान गरिएको छ ।








