दोहोरो अंकले घट्यो नेप्से, काराेबार भने उत्साहप्रद

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरूकाे कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले घटेको छ ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । बिहीवार एकैदिन साढे ८ अर्ब माथिको उत्साहप्रद सेयर काराेबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *