काँकटभिट्टाको जुत्ता कारखानामा आगलागी, नियन्त्रणको प्रयास जारी

झापा । झापाको मेचीनगरस्थित काँकडभिट्टामा आगलागी भएको छ । जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो । केही बेरअघिबाट शुरू भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

अहिले आगो निभाउने कोसिस भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *