जाल्पा सामुदायिक लघुबित्तकाे आईपीओ शुक्रवार

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे आईपीओ आउने भएकाे छ ।

संस्थाले शुक्रवारदेखि आईपीओ निष्काशन गर्ने भएको हाे । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरूलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरूलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवदन दिन पाइनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *