सिजी ब्राण्डअन्तर्गत ‘सिजी मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा

काठमाडौँ । सिजी ब्राण्डअन्तर्गत सिजीको आफ्नो ‘सिजी मेरिडिया’प्रिमियम वाशिङ मेसिन बजारमा आइसकेको छ । सिजी मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’र ‘स्टेरिलाइजेशन’जस्ता उत्कृष्ट प्रविधिबाट तयार पारिएको सिजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।

आफ्ना सुरुवाती दिनहरूदेखि नै सिजी ब्राण्डले उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर विश्वास र लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्वविदितै छ । प्रविधिको क्षेत्रमा नवीनता र आयाम भित्र्याउँदै सिजी ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ ।

हालै बजारमा आएको यस ‘सिजी मेरिडिया वाशिङ मेसिन’को मूल विशेषताहरू:- ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशनु, र ‘स्पाकेयर’हुन्। सिजीले ‘बिएलडिसी’यानि कि, ‘ब्रशरहित डाइरेक्ट करेन्ट मोटर’लाई आफ्नै मौलिक नामकरण गरिराखेको यस ‘बी ड्राइभ इन्भर्टर मोटर’प्रविधि धेरैभन्दा धेरै विशेषताहरू बोकेको प्रविधि हो। सो प्रविधिको पहिलो विशेषता हो, ‘इन्डक्सन मोटर’र ‘ब्रश डिसी मोटर’भन्दा कुशल कार्यक्षमता ।

‘बि ड्राइभ इन्भर्टरको मोटर’को दोस्रो विशेषता हो, कमभन्दा कम ध्वनि उत्पन्न गर्नु । यस मोटरलाई कार्य सम्पादन गर्न तत्कालीन ‘इन्डक्सन मोटर’र ‘ब्रशमोटरु भन्दा कम ऊर्जा चाहिने भएकोले कम ध्वनि उत्पन्न गर्नु यस वाशिङ मेसिनको स्वतः स्वभाव बन्दछ। त्यसैगरी ब्रश प्रविधि नराखी डिजाइन गरिएकोले यस उपकरण ‘सर्टसर्किट’जस्ता जोखिमबाट मुक्त छ, जसले गर्दा ब्रश भएको अन्य वाशिङ मेसिनको तुलनामा यस मेसिन लामो अवधिसम्म टिक्दछ । र, बिग्रिन्ने सम्भावना न्यून भएको कारणले ‘बी ड्राइभ इन्भर्टर मोटर’को विशेषता कम मर्मत खर्च पनि हो ।

त्यसैगरी ‘स्टेरिलाइजेशन’प्रोग्रामले मूलतः कपडालाई ७० डिग्री तापक्रमको पानीमा आधा घण्टाभन्दा बढी धोएर कपडामा भएको ‘प्याथोजेनिक कीटाणु’लाई निष्क्रिय पार्छ। त्यसैगरी ‘स्पाकेयर’यस उपकरणमा रहेको अर्को लोभ्याउने पक्ष हो, जसले कपडामा भएको ९९.९९ प्रतिशतभन्दा बढी कीटाणुलाई नाश गर्दछ । कपडाको मुख्य सफाइभन्दा अघिल्लो चरणका लागि राखिएको यस विशेषताले पानीलाई मनतातो बनाउँछ र चिसो मौसममा पनि कपडा धुन सहज र आरामदायी बनाउँछ ।

प्रविधिको नवीन प्रयोगमा विशेष चासो राख्ने सिजी ब्राण्डले यस वाशिङ मेसिनको हरेक ‘फिचर’लाई विशेष ध्यानमा राखी बनाएको उपकरण हो । ‘कनेक्सन किट’को साथ ‘फ्रन्ट लोडिङ वाशर’माथि ‘टम्बल ड्रायर’राखेर थोरै ठाउँमा पनि राखेर चलाउन सकिने यस नयाँ अवधारणाको मेसिनमा ‘आकर्षक ‘एर्गोडिजाइन’ले थप आकर्षण थपेका छन्, भने ५५० मिलिमिटरको यस वाशिङ मेसिनमा ‘४४० मिलिमिटरको ढोका’रहेको छ, जसले कपडा निकाल्न र कामको प्रगति निरीक्षण गर्नमा सहजता प्रदान गर्दछ ।

सिजी ब्राण्डले आगामी दिनहरूमा‘सिजी मेरिडिया’नामअन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *