एमसीसी राेकेर सभामुखले ‘बुलिङ’ गर्न खाेजे : अध्यक्ष ओली (भिडिओसहित)

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौल सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौल सिर्जना गरेको आरोप लगाएका हुन् ।

एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उनको भनाइ छ । त्यस्तै, अध्यक्ष ओलीले सरकारले लगेको एमसीसीकाे प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको समेत बताए । उनले सरकारले लगेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनधिकृत ढंगले हैसियत भन्दा परको काम गर्न खोजेको धारणासमेत राखे । प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसदको भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न नमिल्ने बताए ।

त्यस्तै, सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानुन र आवश्यकताअनुसार निर्वाचन गर्न ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको जिकिर गरे । उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणासमेत राखे । निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने उनले बताए । ओलीले सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यान्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए ।

अर्काे प्रसंगमा अध्यक्ष ओलीले सरकार जनताको स्वास्थ्यसँग गैर-जिम्मेवार ढंगले प्रस्तुत भएको बताए । वर्तमान सरकार आएपछि मुलुकको अर्थतन्त्र धरासायी भएको र पूर्वाधार निर्माणको काम ठप्प भएको पनि उनले बताए ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *