नाइजेरियामा एक वर्षमै १,१९२ जनाको हत्या

लागाेस । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार त्यहाँका बोको हराम आतंककारीले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।

साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =