सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ देखि हुने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएका परीक्षाहरू फागुन ६ देखि गर्ने भएकाे छ ।

परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरूका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरूको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएकाे हाे ।

त्यस्तै, डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरू प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरू फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने परिषद्ले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *