स्थानीय तहको निर्वाचन जेठ पहिलो हप्तामै हुन्छ : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन २०७९ काे जेठ पहिलो साता हुने बताएका छन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँगको भेटमा प्रधान मन्त्री देउवाले संविधान र ऐन संशोधन नगरी जेठको पहिलो सातामै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुने भएकाले त्यसभन्दा पहिले नै स्थानीय तहको निर्वाचन हुने देउवाले बताएको कांग्रेस वागमती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिए ।

ऐन संशोधन गर्न झन्झट भएकाले ऐन संशोधन नगरी जेठ ५ गतेभित्रै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको प्रधान मन्त्रीले बताएकाे बस्नेतले जानकारी दिए ।

त्यस्तै प्रदेशका सभापति इन्द्र बानियाँले प्रधान मन्त्री देउवाले आफूहरुसँगको भेटमा जेठको पहिलो हप्ता नै स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएको बताए । बानियाँका अनुसार प्रधान मन्त्री देउवाले जेठको ४ गते निर्वाचन गर्ने बताएका छन् । पहिलो चरणमा जेठ ४ गते निर्वाचन गर्न नसकिए जेठ ७ गते दोस्रो चरणको निर्वाचन हुने प्रधान मन्त्री देउवाले कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँगको भेटमा जानकारी गराएको बनियाँले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *