पूर्व मिस अमेरिका चेल्सी क्रिस्टले गरिन् आत्महत्या

न्युयाेर्क । मिस अमेरिका २०१९ चेल्सी क्रिस्टले आत्महत्या गरेकी छन् ।

समाचार संस्था एपीका अनुसार ३० वर्षीय क्रिस्टले अपार्टमेन्टको ९ औँ तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

वर्ष २०१९ मा क्रिस्टले अमेरिकाको कैरोलीना प्रान्तको प्रतिनिधित्व गर्दै मिस अमेरिकाको ताज पहरिएकी थिइन् । पेसाले वकिलसमेत रहेकी क्रिस्ट पछिल्लो समय पत्रकारितामा समेत सक्रिय थिइन् ।

प्रहरीले उनको घरबाट सुसाइट नोट फेला पारेको छ । सुसाइट नोटमा उनले आफ्नो सबै कुरा आमाको भएको उल्लेख गरेकी छन् । यद्यपि सुसाइट नोटमा उनले आत्महत्या गर्नुको कारण नखुलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =