प्रतिताेला १ सयले बढ्याे सुन
२०७८ माघ १८ गते

काठमाडौँ । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ सयले बढेर तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको हाे ।
सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । मंगलवार चाँदीको भाउ भने स्थिर छ । सोमवार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार त्यही भाउमा निर्धारण भएको छ ।
२०७८ माघ १८ गते
प्रतिक्रिया








