विद्यालय खोल्न पाउनुपर्ने नेसनल प्याब्सन सुर्खेतको माग

सुुर्खेत । निजी तथा आवासीय विद्यालय एसाेसियसन नेपाल नेसनल प्याब्सन सुर्खेतले विद्यालय खोल्न पाउनुपर्ने माग गरेको छ । नेसनल प्याब्सन जिल्ला कार्यलय सुर्खेतका अध्यक्ष गायत्री रानासहितको टोलीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यमान कोरोना महामारीको परिस्थिति हेरेर विद्यालय खोल्न दिन माग गरेको हो ।

१२ देखि १७ वर्षका सबै विद्यार्थीलाई निधारित समय अगावै खोप लगाई सकेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न उनीहरूले माग गरेका हुन् । सरकारले यथाशक्य चाँडो चार वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेको अध्यक्ष रानाले बताइन ।

विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको छ । पछिल्लो समय कोरोना संक्रमण दर घटेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग राखिएको छ । कर्णालीमा कोभिड संक्रमण र मृत्युदरलाई हेर्दा बिगतभन्दा ओमिक्रोन भेरियन्टको प्रभाव न्यून भएकाले भौतिक रूपमा विद्यालय सञ्चालन हुनुपर्ने नेसनल प्याब्सनको माग छ । लामो समयसम्म भौत्तिक कक्षाहरू बन्द हुँदा काम गर्ने श्रमजीवि धेरैको रोजगारी गुमेको छ ।

आयआर्जन गुुम्ने र त्यसको प्रत्यक्ष असर आर्थिक रूपमा पर्ने भएकाले सोको बारेमा ध्यान दिँदै विद्यालय खोल्न पाउनुपर्ने नेसनल प्याब्सनले जनाएको छ । राज्यले बालअधिकारको चार्टरमा हस्ताक्षर गरी प्रतिबद्धता जनाई सकेको अवस्थामा सम्पूर्ण बालबालिकाको लेख्न पढ्नलेख्न पाउनुपर्ने अधिकार सरकारबाट सुनिश्चित हुर्नेपर्ने समेत नेसनल प्याब्सनको माग छ ।

अधिकार अनुसार स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्नुपर्ने तर कक्षा भौतिक रूपमा सञ्चालन भैसकेपछि विद्यालयहरूमा अनुगमन टोली खटाउनुपर्ने अडान छ । विगतका दिनहरूमा हातहतियार र कम्ब्याटसहित सुरक्षाकर्मी प्रवेश गरी भयाभित बनाउने प्रयाास भएककाले यो पटक विद्यालयमा त्यस्तो नर्गन समेत ध्यानाकर्षण गरिएको हो ।

ध्यानाकार्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेसनल प्याब्सनले राखेको माग उचित भएपनि तत्कालै निर्णय गर्न नसकिने बताए । अहिलेको हेलचक्राईले पछि ठूलो मूल्य चुकाउने स्थिति आउन सक्ने भन्दै भौतिक रूपमै विद्यालय खोल्न वातावरण नभएको उनले बताए ।

अहिले खोपको दायरा बढाउनुपर्नेमा उनको जोड छ । माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस समेत रहेकाले कहि समय धेरै गर्न उनले आग्रह गरे । भर्चुअल माध्यममार्फत पठनपाठन सञ्चालन गर्न नेसनल प्याब्सनलाई उनको सुझाव थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *