नेपाली क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रूपमा नियुक्त भएका हुन् ।

भारतीय नागरिक श्रीनिवासले नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकामासँगै काम गरेका थिए । ओमानमा हुने ग्लोबल क्वालीफायरका लागि नेपाली टिमले अहिले बन्द प्रशिक्षण गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)काअनुसार श्रीनिवास आइतबार काठमाडौँ आइपुगिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *