जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा

काठमाडौँ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक अन्तर्गत जावा मोटरसाइकलले जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु गरेको छ । ग्राहकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट दुवै मोडलका जावा मोटरसाइकल बुकिङ्ग गर्न सक्नेछन् ।

जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको बताइएको छ । दुवै बाइकमा क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ । मोटरसाइकलले समान शक्ति र टर्क फिगरहरू कायम राख्ने र उच्च बीएस–सिक्स प्रदूषण मापदण्डहरू पूरा गर्ने अग्नि ग्रुपले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *