सहिदहरूकाे एकीकृत विवरण राख्न प्रधान मन्त्रीकाे निर्देशन

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले सहिदहरूकाे सत्यतथ्य र एकीकृत अभिलेख तयार पार्न निर्देशन दिएका छन् ।

सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिदस्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधान मन्त्री देउवाले राजनीतिक आन्दोलनका क्रममा सहिद भएकाहरूकाे अभिलेख तयार पार्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा सहिद भएका सबै सहिदहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *