२०११ पछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको पहिलो जित

काठमाडौँ ।  नेपालले दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जीत हात पारेको छ । शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा मरिससलाई १-०ले हराउँदै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पहिलो जित निकालेको हो ।

नेपालको जितमा विमल घर्तीमगरले गोल गरे । २ बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलले गोल गरेका हुन् । नेपाल र मरिससको अर्को मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । नेपालले यसअघि सन २०११ मा भुटानलाई मैत्रीपूर्ण खेलमा हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *