स्थानीय निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक शनिवार बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारी निवास बालुवाटारमा बस्नलागेकाे बैठकले अहिले बिहान ९ बजेदेखि शुरू हुने छ ।

प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

शुक्रवार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *