१० खेलाडीलाई ‘ए’ ग्रेडमा वर्गीकरण गर्ने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको छ । बिहीबार भैरहवामा बसेको क्यानको बोर्ड बैठकले महिला तथा पुरुष खेलाडी वर्गीकरण गर्ने निर्णय गरेको हो । पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ ।

ग्रेड ‘ए’ मा रहेका पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी छन् । यस्तै, महिला खेलाडीतर्फ ग्रेड ‘ए’ मा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *