क्यानको वार्षिक साधारण सभा फागुनमा धनगढीमा हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभा फागुन १३ र १४ गते हुने भएको छ ।  क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले फागुन १३ र १४ गते धनगढीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय समेत गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *