खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगो माग गर्दै बुधबार मुद्दा दायर गरेको हो । चुनढुङ्गा उत्खनन गर्दा खानी सञ्चालकसँग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *