विश्वकप छनोटका अन्तिम दुई खेलका लागि नेपाली टोली घोषणा

विश्वकप छनोटका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ। साउदी अरबमा हुने युएई र यमन विरुद्धको छनोट खेलका लागि २३ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन्। नियमित सदस्य भरत खवास, जीलेस्पी जंग कार्की र विमल पाण्डे, फरवार्ड आशिक बाबु चौधरी र मिडफिल्डर वसन्त जिम्बा टोलीमा अटाएका छन्।

पछिल्लो समय टोलीबाट बाहिर रहेका फरवार्ड आयुष घलान पनि टोलीमा फर्किएका छन् । प्रारम्भिक टोलीमा नरहेपनि उनी अन्तिम टोलीमा भने समावेश छन् । यस्तै नेपाल पुलिस क्लबका आशिष राईले पनि टोलीमा स्थान बनाएका छन्।

इङ्गल्यान्ड भ्रमणमा रहेका दिनेश हेन्जन र फत्तेमान घले चोटका कारण टोलीमा परेका छैनन् । चोटकै कारण फरवार्ड अन्जन विष्टले पनि यी खेल गुमाउने भएका छन्। इङ्ल्यान्ड भ्रमण चोटका कारण टोलीमा नपरेका अनन्त तामाङ भने टोलीमा फर्किएका छन् ।

एसियाली फुटबल महासंघ ९एएफसी० ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन नसक्ने बताएपछि नेपालले साउदीमा खेल्नु परेको हो।

जेठ २४ गते युएईविरूद्ध दोस्रो चरणको खेल साउदी अरबमा खेल्ने छ । खेल नेपाली समयअनुसार ९स्४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ ।

नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग पनि साउदीमै खेल्ने छ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको छ।

नेपाल युएईसँग ४(० र यमनसँग २(० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५(० र दोस्रो खेल ३(० ले गुमाएको थियो ।

नेपाली टोली: 

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड : जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *