प्रधानमन्त्रीले उद्योगीसँग भने– देशमै मल कारखाना खोल्नुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै रासायनिक मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा मंगलबार प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

मल कारखाना स्थापना गर्ने उद्योगी व्यवसायीलाई सरकारले सहयोग गर्ने पनि उनले बताए ।

अफगानिस्तानमा भएको खाद्यान्न संकटमा मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको बताए । नेपालका उद्योगी, व्यवसायी तथा निजी क्षेत्रले अफगानी नागरिकलाई गरेको उक्त मानवीय सहायताका लागि उनले धन्यवादसमेत व्यक्त गरे ।

देशमा कोरोनाको तेस्रो लहरको संक्रमण बढेको भन्दै प्रधानमन्त्री देउवाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । कोरोना विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको भन्दै खोप लगाएर सुरक्षित हुन पनि उनले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *