साढे ३७ करोड विदेशी मुद्रा अपचलन गरेको आरोपमा ४ विरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले साढे ३७ करोड बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा ४ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमामा मुद्दा दायर गरेको छ ।

विभागले ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ अपचलन गरेको भन्दै कैलाली लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङ्टोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धितालविरुद्ध मुद्दा दायर गरेको हो ।

अमेरिकी डलरको विदेशी मुद्रा विनिमयसम्बन्धी कसुर गरेको र अनलाइनमार्फत डलरको अवैध कारोबार गरेको फेला परेपछि उनीहरुविरुद्ध अदालमा मुद्दा दायर गरेको विागले जनाएको छ ।

विभागले दिनेश खड्काले ई–स्क्रिल, ब्यालेन्स मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोवल बैंक समेतबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ, भगवती खड्काको एनआईसी एशिया बैंक समेतबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ, नरबहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँसहित ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ अपचलन गरेको देखिएको बताइएको छ ।

चारै जनालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा–(१, दफा ४ को उपदफा(१), दफा ५ को उपदफा (१) र दफा १२ तथा बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी गरेको विभागले जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *