प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकीछन् ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनको नियमित स्वास्थ्य जाँचमा संलग्न चिकित्सक वरिष्ठ नशा रोग विशेषज्ञ डा. बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको हो ।

आईसीयूमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोेले उनलाई घर जाने सल्लाह दिइएको डा. पोखरेलले बताएका छन् । यद्यपि, कोभिडको असर कम भएलगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताए ।

अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेस एण्ड एजुकेसन डा. निलमणी उपाध्यायका अनुसार उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्तिसहितको नेपाल मेडिसिटी अस्पतालले उनको उपचार गरेको र स्वास्थ्यस्थित सुधार भएका कारण मंगलबार डिस्चार्ज गरीएको बताए ।

उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकुलता देखा परे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको समेत डा. उपाध्यायले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *