टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालन (तस्वीरहरू)

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप अभियान पुनः सञ्चालन आएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट पुनः सञ्चालनमा आएकाे हाे । अस्पतालका निर्देशक डा. मनिषा रावलका अनुसार काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन भएपछि खोप अभियान पुनः सञ्चालनमा आएकाे हाे ।

अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज खोप उपलब्ध छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *