कर्णालीका कृषिमन्त्रीको सम्पत्तिः तीन लाख बचत, ११ लाख ऋण (विवरणसहित)

सुर्खेत । कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् ।

शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी पुर्ख्यौली र भक्तपुरमा २ ठाउँमा १० लाख मूल्य पर्ने १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेश ब शाहीको नाममा रहेको उल्लेख छ ।

उक्त सम्पत्ति पुरै ऋण गरेर खरिद गरेको उल्लेख छ । पुर्ख्यौली जमिन बुबाकै नाममा मुगुको सोरु गाउँपालिका–१ मा २० रोपनी खेत परेको जग्गा रहेको जग्गा छ भने उनीसँग चल सम्पत्ति पनि न्यून रहेको देखिएकाे छ ।

चल सम्पत्तिमा उनको ५ तोला सुन श्रीमतीको नाक, कानका गहना र १ तोला चाँदी पुर्ख्यौली र ३ लाख रकम एनआइसी एसिया बैंकमा तलब भत्ता बापतको मौज्दात रहेको छ । शाहीसँग मौज्दात भन्दा बढीको ऋण रहेको छ । उनीमाथि २ जनाको गरी ११ लाख ऋण रहेको उल्लेख गरेका छन् । कृषि मन्त्री शाही कार्तिक ३० गते कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए ।

कर्णाली सरकार गठन भएको चार महिनामा आएको मन्त्रीहरूको सम्पत्ति विवरणमा माओवादी केन्द्रबाट मन्त्री बनेका विन्दमान विष्टको भने सम्पत्ति विवरण सार्वजनिक भएको छैन । विष्ट आर्थिक मामिला तथा योजना मन्त्री हुन् । सत्ता साझेदारबीच भागबण्डामा कुरा नमिल्दा चार महिनासम्म पनि कर्णाली सरकारले पूर्णता पाएको छैन । हाल कर्णालीमा मुख्यमन्त्रीसहित तीन जनाको मन्त्रिमण्डल छ ।

यस्ताे छ, विवरणः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *