हिमालय एयरलाइन्सले पायो आईएसओ प्रमाण

काठमाडौँ । हिमालय एयरलाइन्सले आईएसओ प्रममाणिकरण पाउन सफल भएको छ। आईएसओ ९००१, २०१५ मापदण्ड अनुसार उक्त प्रमाणिकरण पाउन सफल भएको हो।

व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह गरेबापत यस्तो प्रमाणिकरण भएको एयरलाइन्सले जनाएको छ। यस्तो प्रमाणिकरण पाउने नेपालकै पहिलो एयरलाइन्स बनेको हिमालयको दाबी छ।

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

यसअघि हिमालयले २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ।एस।ओ बाट प्रमाणिकरण पाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *