महालक्ष्मी विकास बैंकद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिन प्रदान

काठमाडौँ । महालक्ष्मी विकास बैंकको शंखमुल शाखाले बुद्धनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।

‘एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बैंकले उक्त शाखालाई भेन्डिङ मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको शंखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम तन्डुकारलाई उक्त मेसिन हस्तान्तरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *