‘मिदास इक्लास’ नयाँ रूपमा, सिकाइ सहज बनाउन

काठमाडौँ । मिदास एजुकेसन प्रालिले पृथक र परिमार्जित रूपमा ‘मिदास इक्लास’ मोबाइल वेब एप सञ्चालनमा ल्याएको छ । नयाँ रुपमा वेब एपले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ ।

नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विद्यार्थीले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मन लागेको बेला मुभि हेरेजस्तै रमाइ रमाइ हेर्दै गाह्रोभन्दा गाह्रापाठहरु सजिलोसँग बुझ्न सक्छन् ।
यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठसिक्न सक्छन् । यसरी गेमखेल्दा सही जवाफ दिएबापत पोईन्ट र उपहारहरू पनि पाउँछन् । यसले विद्याथीलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।

विद्यार्थीले पढ्दा केही जानेनन् भने वाहोमेवोर्क गर्दा उत्तर लेख्न आएनभने वाउनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेलापनि मिडस् एक्लस्स्बाटशिक्षकहरूसँग भिडियोमा कुरावा च्याटगर्दै सिक्न पाउँछन् । विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने जनाएको छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होलाभन्ने डर हुँदैन ।

विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन मक इक्ज्याम र परीक्षा तयारी कक्षाको व्यवस्था गरिएको छ ।
विद्यार्थीको प्रतिभा उजागर गर्न र उनीलाई अतिरिक्त पाठ्यक्रम गतिविधि गराउन ‘मिदास इक्लास’मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्ड राइटिङ्ग, चेस क्लास आदि पनि सचालन गरिन्छ ।

कम्पनीका अनुसार विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न विद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ/पुरस्कृत गरिन्छ ।

अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ ।

मिदास एजुकेसन् प्रालिले ‘मिदास इक्लास’का सेवाहरू विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निःशुल्क उपलब्ध गराएको छ ।

याे एप डाउनलाेड गर्ने गुगल प्लेस्टाेर मा जानुपर्छ । त्यस्तै, एपमा साइनअप गर्नेबारे जानकारी लिन युट्युब मा जान सिकन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *