नेपालसँगको मैत्रीपूर्ण खेलका लागि मरिससको टोली काठमाडाैँमा

काठमाडाैँ । नेपालसँग तय भएको दुई खेलको मैत्रीपूर्ण फुटबलका लागि अफ्रिकन राष्ट्र मरिससको टाेली नेपाल आइपुगेको छ । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोली खेल हुनुभन्दा पाँच दिन अघि नै काठमाडौँ आइपुगेकाे हो ।

नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । जसअनुसार २९ जनवरी (१५ माघ) मा पहिलो खेल र १ फेब्रुअरी (१८ माघ) मा दाेस्राे खेल खेल्ने कार्यतालिका रहेको छ । मरिसस फिफा वरियताकाे १ सय ७२ औँ स्थानमा रहेको छ ।

नेपालसँग पहिलो अनुभव हुने भएकाले खेल ‘टफ’ हुने आँकलन मरिससका प्रशिक्षकले गरेका छन् । उनले आफ्ना केही मुख्य खेलाडी कोभिडका कारण आउन नसकेको तथा घाइते भएकाले सबै मुख्य खेलाडी नभएकाले त्यसको समस्या आफूहरूलाई रहने बताए ।

नेपाली राष्ट्रिय टीमले पहिलोपटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि दशरथ रंगशालामा हुन लागेको यो दोस्रो मैत्रीपूर्ण खेल हो ।

पाँच दिन अगाडि नै नेपाल आइपुगेको टिम काठमाडौँको भिभान्ता होटेलमा बस्ने छ । अब टोलीकाे कोरोना परीक्षण गरिने छ र त्यसपछि प्रशिक्षण शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *