नेप्सेमा १ सय अंककाे गिरावट

काठमाडाैँ । सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । सोमवार नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।

एक्सचेन्जका अनुसार नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलब ४१ बिन्दुमा झरेको हाे । यो केही महिनायताकै उच्च गिरावट हो ।

त्यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १८ दशमलब २० अंकले घट्दै ५२५ दशमलब ९० बिन्दुमा झरेको छ ।

त्यस्तै, साेमवार झण्डै ९ अर्ब हारहारीको काराेबार भएको छ । नेप्सेका अनुसार बजारमा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको हाे । आइतवार १० अंकले घटेको बजारमा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *