मापदण्ड नपुगेको कम्पनीलाई मन्त्री आलेले दिए क्यासिनो सञ्चालन अनुमति

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलले पाँच तारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्न अनुमति दिएका छन् । यसअघिका ४ जना पर्यटन मन्त्री र २ जना सचिवले उक्त होटेलमा क्यासिनो सञ्चालनका लागि अनुमति अर्थात् पूर्व स्वीकृति दिन मानेका थिएनन् । तर, पर्यटनमन्त्री आलेले कोभिड भई ‘होम आइसोलेसनमै रहेको अवधिमा पूर्व स्वीकृति दिएका हुन् ।

पर्यटन विभाग स्रोतका अनुसार मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट ५ माघमा पूर्वस्वीकृति दिएका हुन् । कोरोना पोजेटिभ भएका कारण उनी माघ ३ गतेदेखि होम आइसोलेशनमा बसेका थिए ।

‘९० प्रतिशत चिनियाँ र १० प्रतिशत नेपाली साझेदारको लगानी रहेको वाल्डो डाइनाष्टि इन्टरटेन्मेन्ट प्रालीलाई मन्त्री आलेले उक्त पूर्वस्वीकृति दिएका विभाग स्रोतको भनाई छ ।

उक्त होटलमा क्यासिनो सञ्चालनका लागि २ वर्ष अघि नै यो कम्पनीले पूर्वस्वीकृति माग गरे पनि यसअघिका पर्यटनमन्त्रीहरु योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, लिलानाथ श्रेष्ठ र उमाशंकर अगरियाले उक्त कम्पनीसँग क्यासिनो सञ्चालनका लागि पूर्वाधारलगायतका मापदण्ड नपुगेको र लगानीको विषयसमेत शंकास्पद रहेको भन्दै पूर्वस्वीकृति दिएका थिएनन् । त्यसताका मन्त्रालयका सचिव रहेका केदारबहादुर अधिकारी र यादव कोइरालाले समेत उक्त स्वीकृतिको फाइल रोकेका थिए ।

विचाराधिन अवस्थामा रहेको उक्त फाइल मगाएर मन्त्री आलेले आइसोलेशनमै रहेका बेला उक्त होटलमा क्यासिनो सञ्चालनको पूर्वस्वीकृति दिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *