तपाईंको मास्क खोइ ? (तस्वीरहरू)

काठमाडौँ । पछिल्लाे समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको देखिएकाे छ ।

दैनिक परीक्षण गरिएकोमध्ये आधाभन्दा धेरैमा संक्रमण पुष्टि हुन थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले कोरोना विभिन्न  स्वास्थ्य मापदण्ड लागू गरेको छ ।

उपत्यकामा प्रशासनले सार्वजनिक स्थानमा खोप कार्ड, मास्क, भाैतिक दूरी कायम गर्ने तथा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने लगायतका आदेश जारी गरेकाे छ । तर, सार्वजनिक स्थानमा प्रशासनका उल्लिखित आदेशकाे पालना नभएकाे पनि उत्तिकै देख्न सकिन्छ ।

सार्वजनिक स्थानमा मास्क नलगाउने तथा अन्य स्वास्थ्य मापदण्डहरूकाे परिपालना नगर्ने कुरा सामान्यजस्तै भएकाे छ । सार्वजनिक यातायातमा यात्रुहरूले मास्क नलगाएकाे सर्वत्र देख्न सकिन्छ । त्यस्तै, सार्वजनिक यातायातका सहचालकहरूले प्राय: मास्क लगाएको पाइँदैन । लगाएकाे मास्क पनि ठिक तरिकाले नलगाउने, चिउँडाेमा सार्ने प्रवृत्ति देखिन्छ ।

सार्वजनिक स्थलमा देखिएका यस्तै प्रवृत्तिलाई मकालुखबरले तस्वीरमा यसरी कैद गरेकाे छः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *