स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न विज्ञकाे सुझाव
२०७८ माघ ९ गते

काठमाडौँ । संविधानसँग बाझिने कानुन स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्न संविधानविदले सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको छलफलमा सहभागी संविधानविद्हरूले ऐनलाई संविधानअनुसार ढाल्न कानुन संशोधन गर्न सुझाव दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘हामीले प्रतिनिधिमुलक रूपमा संविधानविद्हरूसँग छलफल गर्यौँ । संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न उहाँहरूले सुझाव दिनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता कार्कीले बैठकपछि भने ।
तीनै तहको चुनाव संविधानले व्यवस्था गरेअनुसार नै हुने र निर्वाचन सार्ने कुरा नभएको मन्त्री कार्कीले बताए ।
२०७८ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








