अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेका छन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेको बताएका छन् । आइतबार प्रेस वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । पूर्ववर्ती अर्थात् आफू नेतृत्वको सरकारले ल्याएको बजेटलाई विस्थापित गरी वर्तनमन सरकारले नयाँ बजेट ल्याएपछि आर्थिक विकासको गतिविधि ठप्प बनेको समेत उनको आरोप छ ।

लिखित वक्तव्यमा ओलीले भने उपभोक्ता मुद्रा स्फिति अर्थात् मूल्यवृद्धि ६ वर्षयताकै उच्च विन्दु अर्थात् ७.११ प्रतिशतमा पुगेको उल्लेख गरेका छन् । गत वर्षको पहिलो ५ महिनामा २.९३ प्रतिशत रहेकोमा नयाँ सरकार आएपछि मूल्यवृद्धि उच्च भएको बताका छन् ।

सरकारले लिएको गलत नीतिका कारण निर्माण सामग्रीको थोक मूल्य नै १९ प्रतिशतभन्दा बढीले बढेको आरोप लगाएका छन् । त्यस्तै, आफ्नो कार्यकालमा २ वर्षअघि तरकारी तथा गेडागुडीको मूल्य ४० प्रतिशतसम्म सस्तिएकोमा अहिले मूल्य आकाशिएको बताएका छन् । घ्यु, तेल, दाल, गेठागुडी, पेट्रोलियम पदार्थको मूल्य आकाशिएको बताएका छन् ।

त्यस्तै, निजी निर्माण कार्यमा लगानी कम हुँदा रोजगारी घटेको उल्लेख गरेका छन् ।

वर्तमान सरकार गठन भएको पहिलो ५ महिनामै ५७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको तर आफ्नो कार्यकाल अर्थात् अघिल्लो वर्ष यस्तो घाटा यो अवधिमा १०.९ प्रतिशतले घटेको बताएका छन् ।

उच्च आयातका कारण विदेशी मुद्राको सञ्चितिसमेट घट्दै गएको उनले बताएका छन् । आघिल्लो आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिती १०.८ महिनाको वस्त तथा सेवा धान्न पर्याप्त रहेकोमा अहिले यस्तो सञ्चिति घटेर ६.८ महिनालाई मात्र धान्ने अवस्थामा रहेको भन्दै उनले चिन्ता जनाएका छन् ।

चालू वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्समा ६.८ प्रतिशतले कमी आएको तर अघिल्लो वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स ११ प्रतिशतले बढेको उल्लेख गरेका छन् । विश्वमा आर्थिक गतिविधि चलायमान भएकोले बेला नेपालमा आप्रवाह हुने विप्रेषण घट्नुले अनौपचारिक अर्थतन्त्र अर्थात हुन्डीलगायतका कारोबार मौलाएको प्रस्ट भएको समेत उनले उल्लेख गरेका छन् । सुनको तस्करी बढेको घटनाले समेत यसलाई पुष्टि गर्ने उनको भनाइ छ ।

राष्टिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता नियकालाई निहित स्वार्थ अनुकुल प्रयोग गरिएको उनको आरोप छ ।

प्रतिस्थिापन विधेयकमार्फत सरकारले राजस्वमा करोडौँ फरक पार्ने स्पन्ज आइरलमा लगाइएको भन्सार कर तथा अन्तःशुल्कमा हेरफेर गरेर ‘पोलिसी सेटि ’गर्ने कार्यमा अर्थमन्त्रालय नै सामेल भएको उनको आरोप छ ।

सरकारको चालु घाटा र शोधनान्तर स्थिति सन्तुलन घाटामा रहेको, ३ वर्षयताकै सबैभन्दा न्युन पूँजीगत खर्च गर्न सकेको समेत उनले औंल्याएका छन् ।

गठनबन्धन टिकाउन संघमा अनावश्यक संरचना खडा गरेको, हालसम्म संघीय वाणिज्य तथा आपूर्ति मन्त्रीको नियुक्त गर्न नसकेको, विदेशी दाताहरुको विश्वास गुमाएका कारण आवको पहिला ६ महिनासम्म पनि विदेशी अनुदान आउन नसकेको उनले बताएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *