६ महिनामै १० खर्बको आयात, व्यापारघाटा झण्डै ९ खर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनामै नेपालले झण्डै १० खर्बको वस्तु आयात गरेको छ । साउनदेखि पुसमहिना सम्ममा नेपालले कुल ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु आया गरेको भन्सार विभागले हालै सार्वजनिक गरेको मासिक आयातनिर्यात व्यापारको विवरणले देखाएको छ ।

तर, गत वर्ष यही अवधिमा जम्मा ६ खर्ब ६१ अर्ब २४ करोड २७ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यो आयात गर्त वर्षको पहिलो ६ महिनाअवधिको तुलनामा ५१.१३ प्रतिशतले बढी हो ।

त्यस्तै, नेपालले चालु वर्षको ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको यही अवधिको तुलनामा यो निर्यात ९५४८ प्रतिशतले बढी हो ।

गत वर्ष ६ महिनाको अवधिमा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो ।

नेपालले ६ महिनामा ११ अर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको कुल बैदेशिक व्यापार(आयात–निर्यात) गरेको छ ।

यस तथ्यांकको आधारमा चालु वर्षको पहिलो ६ महिनामा नेपालको कुल व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । यस आधारमा गत वर्षको तुलनामा चालु वर्षको पहिलो ६ महिनामा नेपालको व्यापार घाटा ४६.६४ प्रतिशतले बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *